जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट,९१ प्रतिशत आवेदकको हात खाली

vibes nepal / बुधबार, असार २३, २०७८ मा प्रकाशित

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट,९१ प्रतिशत आवेदकको हात खाली

जीवन विकास लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट भएको छ ।

 

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो ।

 

कम्पनीको आईपीओमा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ता शेयर माग भएको छ । यो सर्वसाधारणका लागि माग गरिएकाेभन्दा १६.९१ गुणा बढी हो ।

 

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण भएका छन् । १ लाख ८४ हजार ८ सय १ जना आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । जसमध्ये, १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यशाली ५ जनाले ११ कित्ता शेयर पाएका छन् । त्यस्तै बाँकी करिव ९१% भन्दा धेरै आवेदकको हात खाली भए ।

 

लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो ।

त्यस मध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५% शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५% अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको बाँकी १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणकाे लागि निष्काशनमा ल्याएकाे हाे ।

सो शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ।

सर्वसाधारणले मेराे शेयर, सिडिएसीकाे रिजल्ट हेर्ने साइट, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गइ नतिजा हेर्न सक्नेछन्।

तपाईलाई यो खबर कस्तो लाग्यो