आउदो बिहिबार ६४ लाख ५० हजार कित्ता बराबरको आईपीओ आउदै,कति कित्ता आवदेन दिने ?

vibes nepal / सोमबार, असार २१, २०७८ मा प्रकाशित

आउदो बिहिबार ६४ लाख ५० हजार कित्ता बराबरको आईपीओ आउदै,कति कित्ता आवदेन दिने ?

यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ असार २४ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

 

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ।सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

 

कति दिने आवेदन ?

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

 

आवेदन कहिलेसम्म दिन सकिन्छ ?

लगानीकर्ताले उक्त आईपीओमा असार २४ गतेदेखि छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

कहाँ-कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

 

रेटिङ कति ?

इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

 

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो