जीवन विकास लघुवित्तको आइपीओ भोलि बुधबार बाँडफाँट हुने

vibes nepal / सोमबार, असार २१, २०७८ मा प्रकाशित

जीवन विकास लघुवित्तको आइपीओ भोलि बुधबार बाँडफाँट हुने

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार (असार २३ गते) बिहान ९ः३० बजे बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट हुने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५% शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५% अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणकाे लागि निष्काशनमा ल्याएकाे हाे ।

 

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओमा अन्तिम दिनसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाेभन्दा १६.९१ गुणा बढी हो । जीवन विकासको आइपीओमा हालसम्मकै उच्च आवेदन परेको हो ।

 

जीनव विकास लघुवित्तको सेयर हात पार्न लगानीकर्ताले भाग्यमा भर पर्नुपर्नेछ। मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । अन्तिम तथ्यांकलाई हेर्दा ग्राेलाप्रथाबाट वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमध्ये, १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यशाली ५ जनाले ११ कित्ता शेयर पाउनेछन् । त्यस्तै बाँकी करिव ९२% भन्दा धेरै आवेदकको हात खाली हुने निश्चित छ ।

 योपनिहेर्नुहोस्:युनियन लाइफले असार २४ गतेदेखि आइपीओ खुला गर्ने https://vibesnepal.com/5740.html

भाइबस नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई vibesnepalofficial@gmail.com  मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो