छालालाई स्वस्थ र सुन्दर बनाउने ५ फलफुलहरु

vibes nepal / शनिबार, असार १९, २०७८ मा प्रकाशित

छालालाई स्वस्थ र सुन्दर बनाउने ५ फलफुलहरु

जब तपाईं कुनै फलफूल खानुहुन्छ, तपाईं सोच्नुहुनेछ कि ती फलफुलहरू तपाईंको स्वास्थ्यको लागि कत्ति लाभदायक हुन सक्छ भनेर, तर तपाईंलाई थाहा नहुन सक्छ कि उक्त फलफुलले तपाईंको छालामा चमकदार ल्याउँन मद्दत गर्दछ। फलफुलहरुमा एन्टिअक्सीडन्ट र पौष्टिक तत्वहरु हुन्छन् जसले छालालाई धेरै समस्याहरूबाट जोगाउँदछ। साथै, फलफूल खानाले छाला स्वस्थ , चमकदार र तपाईंको छाला सुन्दर बनाउदछ। यी फलफुलहरूको नियमित उपभोगले तपाईंको छालासँग सम्बन्धित विभिन्न समस्याहरू हट्नेछ।

 

१.केरा

 

केरामा उच्च मात्रामा पोटाशियम हुन्छ जसले छालालाई नरम र हाइड्रेट राख्दछ। केरा खानाले तपाईंको पेट भरी रहन्छ र तपाईंको छाला नरम र चम्किलो पनि बनाउँछ। केरामा भिटामिन ए, भिटामिन बी र भिटामिन ई आदि जस्ता थुप्रै छालासँग सम्बन्धित पौष्टिक तत्त्वहरू हुन्छन्। केरामा रहेको पौष्टिक तत्त्वहरूले छालाको लोच कायम राख्छ, छालालाई ओसिलो बनाउँदछ, चाउरिपन हटाउँदछ।

 

 

 २. स्याउ

 

स्याउमा मलिक एसिड उच्च हुन्छ। मलिक एसिड अन्य एसिडहरू भन्दा हल्का हुन्छ जसलाई तपाईले सुन्दरताको उपचारमा प्रयोग गर्न सक्नुहुनेछ। मलिक एसिडले छालाको माथिल्लो तहहरूलाई हानी नगरी स्वस्थ र चम्किलो राख्न मद्दत गर्दछ।

 

तपाईले नियमित स्याउ खानाले तपाईंलाई रोगहरूबाट टाढा राख्दछ साथै छाला पनि उज्यालो र चम्किलो रहन्छ। स्याउमा फाइबर उच्च हुन्छ, जसले तपाईंको पाचन प्रणाली राम्रो राख्दछ र छालाको समस्या उत्पन्न हुदैन।

 

३.एभोकाडो

 

एभोकाडोमा हेल्थी फ्याट, फाइबर, भिटामिन ई, भिटामिन ए, भिटामिन सी, भिटामिन के, भिटामिन बी,, भिटामिन बी बलम र पान्टोथेनिक एसिड प्रशस्त मात्रामा हुन्छ। यसमा एन्टीअक्सीडन्ट गुणहरू हुन्छन् जसले छालालाई बिग्रनबाट बचाउँछ। एभोकाडो खानाले वृद्धावस्थाको वा एजिंगको समस्या हुदैन, किनकि यसमा लुटेन र झेक्सान्थिन हुन्छ जसले छालालाई पराबैंजनी किरणबाट बचाउँछ। एभोकाडोमा भएको स्वस्थ फ्याटले छालाको लोच कायम राख्छ र फुल्ने समस्या हटाउँदछ । साथै विभिन्न चोटपटक लागेमा उपचारको लागी पनि एभोकाडो प्रयोग गरिन्छ।

 

४.अनार

 

अनारमा भिटामिन सी, भिटामिन के, फोलेट र खनिजहरू जस्तै क्याल्शियम, म्याग्नेशियम, फास्फोरस र पोटेशियम प्रशस्त मात्रामा हुन्छ। अनारको बोक्रा र दाना पनि एन्टिआक्सिडन्ट गुण रहेको हुन्छ जसले छालालाई पराबैंजनी किरणबाट बचाउँछ। अनार एन्टिआक्सीडन्टमा समृद्ध हुन्छ जसले तपाईको छालालाई यूभीए र यूभीबी को समस्या र पिग्मेन्टेशनबाट बचाउँछ।

 

 

५. मेवा

 

मेवामा भिटामिन ए, भिटामिन सी, भिटामिन बी, प्यान्टोथेनिक एसिड, फोलेट र खनिजहरू जस्तै तामा, पोटेशियम र म्याग्नेशियम हुन्छ। मेवामा प्यापाइन र किमोपापाइन जस्ता इन्जाइमहरू पनि हुन्छन् जसले छालालाई फ्रि रेडिकलबाट बचाउँदछ। तिनीहरूसँग जीवाणुरोधी, एन्टिफंगल र एन्टिभाइरल गुणहरू हुन्छ जुन छालाका लागि अत्यन्त लाभदायक छन्। मेवा खानाले कब्जीएत हुँदैन,पाचन प्रणाली स्वस्थ हुन्छ, र छाला पनि स्वस्थ रहन्छ।

तपाईलाई यो खबर कस्तो लाग्यो