फ्रन्टलाइनरको सम्मानमा बनाएको चित्र मेटिएको भित्तामा नेवि संघले लेख्यो-‘विद्यासुन्दर शाक्य मुर्दावाद’

Vibes Nepal / शुक्रबार, असार १८, २०७८ मा प्रकाशित

फ्रन्टलाइनरको सम्मानमा बनाएको चित्र मेटिएको भित्तामा नेवि संघले लेख्यो-‘विद्यासुन्दर शाक्य मुर्दावाद’

१८ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोही भित्तामा विरोध नारा लेखेको छ । अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र मेटिएको विरोधमा उनीहरुले महानगरपालिकाको विरुद्धमा नारा लेखेका हुन् ।

नेविसंघ समर्थित विद्याथीहरुले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं महानगरपालिका मुर्दावाद’ लेखेका हुन् ।

कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र बुधबार काठमाडौं महानगरपालिकाले मेटि दिएको थियो । मेयर विद्यासुन्दर शाक्यकै निर्देशनमा यो चित्र मेटेको महानगरपालिकाले अब आफ्नै बजेट खर्चेर अर्को चित्र बनाउने योजना बनाएको छ ।

FB IMG 16252009109786792

४ जना कलाकार र ३ जना स्वयंसेवकले ६ दिन लगाएर गत जेठ ३०मा निर्माण सकेको यो चित्र महानगरपालिकाले एकाएक मेटेपछि सर्वत्र आलोचना भइरहेको छ ।

कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरु प्रति सम्मान व्यक्त गर्ने चित्र बनाउन दुर्जाङ शेर्पा लाई काठमाडौं महानगरपालिका को वडा नम्बर २८ को वडा कार्यालयले अनुमति दिएको थियो ।

तर, वडा कार्यालयले त्यस्तो अनुमति दिन नपाउने भन्दै काठमाडौं मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको निर्देशनमा महानगरपालिकाले चित्र मेटाए पछि नयाँ चित्र कोर्ने योजना सार्वजनिक गरिएको छ ।

PicsArt 07 02 02.01.18

तपाईलाई यो खबर कस्तो लाग्यो