एचआईडिसीएलले साउन ५ गतेदेखि १००% हकप्रद शेयर निष्काशन गर्ने

Vibes Nepal Team / शुक्रबार, असार १८, २०७८ मा प्रकाशित

एचआईडिसीएलले साउन ५ गतेदेखि १००% हकप्रद शेयर निष्काशन गर्ने

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) (HIDCL) ले साउन ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

 

कम्पनीले १ सय अंकित मूल्यमा ११ करोड कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । एचआइडीसीएलले हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गरेको थियो । तसर्थ, जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

यस हकप्रद सेयरमा लगानीकर्ताले साउन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ।

तपाईलाई यो खबर कस्तो लाग्यो