आजदेखि मनकामना स्मार्ट लघुवित्तको आईपीओ विक्री खुला,कति कित्ता आवेदन दिँदा ठिक ?

Vibes Nepal Team / बिहिबार, असार १७, २०७८ मा प्रकाशित

आजदेखि मनकामना स्मार्ट लघुवित्तको आईपीओ विक्री खुला,कति कित्ता आवेदन दिँदा ठिक ?

मनकामना स्मार्ट लघुवित्तले आज (असार १७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । यसमध्ये ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आवेदन कहिलेसम्म दिने ?

मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा असार २१ गतेसम्म आइपीओ भर्न सकिनेछ। उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने असार ३१ गतेसम्म खुला रहने छ।

कति दिने आवेदन ?

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा न्युनतम १० कित्ता देखी १००० कित्ता सम्म आवेदन दिन सकिनेछ।आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

रेटिङ्ग कति ?

आईपीओका लागि लघुवित्तलाई इक्रा नेपालले “[ICRANP-IR] BB” अर्थात डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तिय दायित्व पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानकारी गराउछ।

कहाँ-कहाँबाट दिने आवेदन

आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

आइपीओ बिक्रीपछि मनकामनाको चुक्ता पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ९६ लाख ७६ हजार रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । यस्तै, प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा पुग्ने अनुमान छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो