जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Vibes Nepal Team / मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले (असार ११ गते) देखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ।

 

कम्पनीले आज शुक्रबार देखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

सो शेयरमा सर्वसाधारणले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनी आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सकिनेछ ।

 

लघुवित्तले आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सु्रक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ।

 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटे रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर www.meroshare.cdsc.com.np मार्फत पनि आवेदन दिन सकिनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो