राधी विद्युत कम्पनीको ३६.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Vibes Nepal Team / सोमबार, असार १४, २०७८ मा प्रकाशित

राधी विद्युत कम्पनीको ३६.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज सोमबार (असार १४ गते) अन्तिम दिन हो । कम्पनीले असार २९ गते बस्ने साधारण सभा प्रयोजनका लागि असार १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । यसले गत वर्षको नाफाबाट ३६.५% बोनस सेयर वितरण गर्दैछ ।

 

राधीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश भने प्रस्ताव गरेको छैन । तसर्थ, सेयरधनी आफैले बोनसमा लाग्ने कर जम्मा गर्नुपर्ने हुन्छ । यस्तै, उक्त बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीमा १४७.५२% हपकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

 

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । प्रस्तावित ३६.५०% बोनस सेयर वितरण भएमा राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुग्नेछ । सोही पुँजीमा १४७.५२% (१ः१.४७५ अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो