के तपाईं बाहिर निस्केको पेटलाई भित्र पसाउन चाहानुहुन्छ ? अपनाउनुस् यी ७ सजिला घरेलु उपाय !

Vibes Nepal / शनिबार, असार १२, २०७८ मा प्रकाशित

काठमाडौँ : आज भोलि मोटो मानिसको संख्या तेज गतिले बढि रहेको छ । धेरै मानिसहरुले शुरुवातमै मोटोपनमा त्यति ध्यान दिदैंनन्, तर जब मोटोपन धेरै बढेपछि त्यसलाई घटाउन घण्टौं कसरत गर्ने साथै अन्य कयौं विधिहरु अपनाउने गर्छन् ।

मोटोपन घटाउनको लागि खानपीनमा सुधार जरुरी छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जस्को प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ । यदि तपाईं तौल घटाउन धेरै मेहनत गर्न सक्नु हुन्न भने आज हामी तपाईंलाई सजिलो घरेलु उपायबारे जानकारी दिन्छौं ।

उल्लेखित उपाय अपनाई तपाइँले आफ्नो तौल सजिलै घटाउन सक्नुहुन्छ:

१. धेरै कार्बोहाइड्रेट भएको खाद्यपदार्थ कमि वा त्याग्नुहोस् । जस्तै: चीनी, आलु र चामलमा कार्बोहाइड्रेट बढि हुन्छ । यस्ले शरीरमा बोसोको मात्रा बढाउँछ ।

२. गहुँको रोटि मात्र खानुभन्दा; गहुँ, भटमास र चना मिश्रित आटाको रोटि खानु भएमा धेरै फाईदाजनक हुने गर्छ ।

३ दिनहुँ बन्दागोभी को जुस पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यस्ले शरीरको मेटाबोलिज्म (शरीरमा रासायनिक परिवर्तन हुने प्रक्रिया) लाई ठिक गर्दछ ।

४.मेवा नियमित रुपमा खानुहोस्, यो हरेक मौसममा पाईन्छ । लामो समय सम्म मेवाको सेवन गर्नाले यसबाट कम्मरको बोसो कम हुने हुन्छ ।

५. दही खानाले शरीरको अनावश्यक बोसो घट्दछ । मोहीको सेवन दिनमा २/३ पटक गर्नुहोस् ।

६. पीपलको धुलो बनाई त्यसलाई कपडाले राम्रोसँग छान्नुहोस् । यस धुलो लाई हरेक बिहान मोहीसँग खानाले बाहिर निस्किएको पेट भित्र पस्दछ ।

७. अमला र बेसार लाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो बनाउँन मद्दत गर्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो