भोलिदेखी सार्वजनिक यातायात पनि खोल्ने भएको छ

Vibes Nepal Team / शुक्रबार, असार ११, २०७८ मा प्रकाशित

भोलिदेखी सार्वजनिक यातायात पनि खोल्ने भएको छ

सम्पुर्ण नेपालीलाई खुसीको खबर भोलि देखि सार्वजनिक यातायात पनि खोल्ने, सरकारले निर्णय गरेको छ । करिब दुई महिनाको लकडाउनले हुँदा खाने नागरिक निकै आत्तिएका छन् । मजदूर वर्गलाई लकडाउनले निकै ठुलो मारमा पारेको छ ।

मजदूरी गरेर जीविकापार्जन गर्नुपर्ने व्यक्तिहरु अब लकडाउन खुल्ने आशमा छन् । निजि सवारी चलाई रह्दा सार्वजनिक यातायात पनि खोल्ने भएको छ।

यसै कुरालाई ध्यानमा राख्दै देशभर जारी लकडाउनको स्वरुप परिवर्तन हुने भएको छ । को-भिड-१९ सं’कट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने र स्मार्ट लकडाउन जारी गर्ने निर्णय गरेको छ ।जसअनुसार सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी-साधनमा जोर-बिजोर प्रणालीमा खोल्ने निर्णय भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो