धितोपत्र बोर्डले प्रिओपन सेसनको मूल्य परिवर्तन सीमा २% मा झार्यौ, कारोबारमा न्युनतम मूल्य परिवर्तनकाे सीमा (टिक साइज) १० पैसा कायम

Vibes Nepal / बिहिबार, असार १०, २०७८ मा प्रकाशित

धितोपत्र बोर्डले प्रिओपन सेसनको मूल्य परिवर्तन सीमा २% मा झार्यौ, कारोबारमा न्युनतम मूल्य परिवर्तनकाे सीमा (टिक साइज) १० पैसा कायम

काठमाण्डौं: नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोबार सत्र (प्रि-ओपन सेसन)मा हुने मूल्य परिवर्तनको सीमालाई घटाएको छ। बोर्डले हाल ५% रहेको यस्तो सिमालाई घटाएर २ प्रतिशतमा झारेको छ।

अब प्रि-ओपन सेसनमा शेयर मूल्य २% तल माथि मात्रै कारोबार हुनेछ ।

धितोपत्र बोर्डले प्रारम्भिक सत्रमा भई रहेको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने मूल्य परिवर्तन को सीमालाई घटाइएको जनाएको छ।

त्यसैगरी बोर्डले धितोपत्र कारोबार हुँदा न्युनतम मूल्य परिवर्तनको सीमा(टिक साइज)लाई समेत घटाएको छ। हल न्युनतम मूल्य परिवर्तनको सीमा १ रुपैयाँ रहेकोमा त्यसलाई घटाएर १० पैसा कायम गरेको छ।

बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन –धितोपत्र कारोबार संचालन विनियमावली, २०७८ स्वीकृत गरेको छ।

यस व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेप्सेले कार्यन्वयनमा ल्याउने बोर्डले जनाएको छ।

छिमेकी देश लगायत अन्तराष्ट्रिय असल अभ्यास अनुरुप हुनेगरी धितोपत्र कारोबार को न्युनतम मुल्य सीमालाई परिवर्तन गरिएको हो। यस बाट खरिदकर्ता र बिक्रीकर्ताले प्रतिस्पर्धा मूल्यमा खरिद बिक्री गर्न सक्ने बोर्डले जनाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो