आजदेखि जीवन विकास लघुवित्तको आईपीओ सार्वजनिक,कति दिने आवेदन ?

Vibes Nepal Team / शुक्रबार, असार ११, २०७८ मा प्रकाशित

जीवन विकास लघुवित्तले शुक्रबार (असार ११ गते) देखि १९ लाख ७७ हजार कित्ता सेयर आईपीओ निष्कासन गर्दैछ ।

 भिडियो हेर्नुहोस्: https://youtu.be/-DkUnDw2VA8

यस कम्पनीले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशत अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३ सय कित्ता सेयर कित्ता आइपीओ बिक्री गर्नेछ ।

जसमा ३० हजार ४२० कित्ता अर्थात् ०.५ प्रतिशत कर्मचारीका लागी र ९८ लाख ८६५ कित्ता (कूल निष्कासनको ५ प्रतिशत) सामूहिक लगानी कोषको लागी छुट्याएको छ भने बाँकि १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

कति दिने आवेदन ?

 इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

आवेदन कहिलेसम्म दिने ?

लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

रेटिङ्ग कति ?

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सु्रक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ।

कहाँ-कहाँबाट दिने आवेदन

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्वेयर www.meroshare.cdsc.com.np मार्फत पनि आवेदन दिन सकिनेछ ।

जीवन विकास लघुवित्तकाे प्रतिशेयर नेटवर्थ साे अवधिसम्ममा ३०५ रूपैयाँ २७ पैसा रहेकाे छ।यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटे रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो