नबिल बैंकको सम्पूर्ण बैंकिङ सेवा शुक्रबारदेखी सोमबारसम्म ३ दिन बन्द हुने, यस्तो छ कारण

Vibes Nepal Team / बुधबार, असार ०२, २०७८ मा प्रकाशित

नबिल बैंकको सम्पूर्ण बैंकिङ सेवा शुक्रबारदेखी सोमबारसम्म ३ दिन बन्द हुने, यस्तो छ कारण

नबिल बैंकको बैकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ । बैंकले कोर बैकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैकिङ सेवा तीन दिन बन्द रहने एक सुचना जारी गर्दै जनाएको छ ।

FB IMG 1623816930362

बैंकले असार ४ गते शुक्रवारदेखि असार ७ गते सोमवार बिहान ९ बजेसम्म सेवा बन्द हुने बताएको छ । यस अवधिमा कम्पनीका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरु एवम सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द हुने समेत बैंकले जानकारी गराएको छ ।

उक्त समयमा आइपर्न सक्ने अत्यावश्यक बैंकिङ सेवाका लागि कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न बैंकले भनेको छ ।

यो पनि हेर्नुहोस् : https://vibesnepal.com/5568.html

तपाईलाई यो खबर कस्तो लाग्यो