शिखर इन्स्योरेन्सले ३०% हकप्रद निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति

Vibes Nepal Team / आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३०% हकप्रद १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २५ गते मंगलबार धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिंगल ए’ ग्रेडिङ प्रदान गरेको छ ।

हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । ३०%  हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीकाे चुक्ता पूँजी अर्ब २८ करोड रूपैयाँ पुग्नेछ । शिखर इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ करोड ३३ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो