अब माफियाहरुको धन्दा सुक्ने भो ! बोर्डले टिएमएसबाट चलखेल गरेको भेटिएपछी आइतबार देखि AON सुविधा हट्ने !

Vibes Nepal / शनिबार, जेठ २९, २०७८ मा प्रकाशित

अब माफियाहरुको धन्दा सुक्ने भो ! बोर्डले टिएमएसबाट चलखेल गरेको भेटिएपछी आइतबार देखि AON सुविधा हट्ने !

PicsArt 06 12 12.20.30काठमाडौं । टिएमएसको एउटा लुपहोलको फाइदा उठाउने माफियाहरुको धन्दा अन्तत : सुक्ने भएको छ ।

धितोपत्र बोर्डले नेप्सेको टिएमएसमा रहेको ( एओएन AON ) सुविधा हटाउन नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेपछी माफियाहरुको धन्दा सुक्ने भएको हो । एओएनको सुविधाको दुरुपयोग गर्दै लगानीकर्ताहरुलाई भ्रममा पार्ने काम भएको भन्दै चौतर्फी धितोपत्र बोर्डको आलोचना हुँदै आएको थियो । ठूला लगानीकर्ताहरुले एओएनभित्र गएर खरीद तथा बिक्रीतर्फ एकैपटक ठूलो परिमाणको सेयर कित्ता राखेर सेयरको कृतिम भाउ बढाउने काम गरिरहेका थिए । पछिल्लो समय गोर्खाज फाइनान्स लगायतका कम्पनीहरुको सेयरमूल्य पनि यहि कारण बढेको विश्लेषण गरिएको थियो । अन्तत : बोर्डले पनि यहि निष्कर्ष निकालेको छ ।

अब यो सुविधा हटेसँगैठूला लगानीकर्ताले पनि सर्वसाधारणले झै कारोबार गर्नुपर्नेछ । यो सुविधा हटाउने निर्णय भएपनि ठुलाको दबाबमा धितोपत्र बोर्डले फेरी ल्याउन सक्नेतर्फ भने सबैको शंका छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो