के हो महिनावारी कप भनेको? यो कसरी महिलाहरुको रोजाईमा पर्दैछन्? एकपटक किनेपछि १२ बर्षलाई ढुक्क

Vibes Nepal / शनिबार, जेठ २९, २०७८ मा प्रकाशित

के हो महिनावारी कप भनेको? यो कसरी महिलाहरुको रोजाईमा पर्दैछन्? एकपटक किनेपछि १२ बर्षलाई ढुक्क

काठमाडौ : काठमाडौं महानगरपालिका ३१ नयाँpexels nataliya vaitkevich 5712289 बानेश्वरकी सम्झना बानियाँले महिनावारी भएको समयमा स्यानिटरी प्याड प्रयोग गर्न छोडिसक्नुभएको छ । उहाँले दुई बर्ष यता महिनावारी कप प्रयोग गर्दै आउनुभएको छ । बानियाँ भन्नुहुन्छ ‘प्याडजसरी बेलाबेलामा किनिरहनु नपर्ने, फेरिरहनु नपर्ने भएकाले मलाई त यही सजिलो लाग्यो। ’

काठमाडौं महानगर १५ स्वयम्भुकी प्रमिला महर्जनपनि महिनावारी कपनै प्रयोग गर्नुहुन्छ। गाउँघरमा गईरहनु पर्ने हुँदा स्यानिटरी प्याड किन्न नपाईने ठाउँमा महिनावारी कप झनै प्रभावकारी हुने उहाँको अनुभव छ। महर्जन भन्नुहुन्छ ‘हामीजस्तो सामाजिक काममा घरबाहिर निस्किरहनु पर्ने महिलाले ब्यागभित्र स्यानिटरी प्याड जोहो गरेर बोकिरहनु भन्दा महिनावारी कप बोक्यो हिड्यो।’

कपडाको टुक्रा वा सारीको टालो प्रयोग गरेर जीवन कटाएका हजुरआमा र आमाहरुलाई यो कुरा सुन्दा धेरै अचम्म लाग्नसक्छ। तर शहरीया र पढेलेखेका महिलाहरुले महिनावारी कपलाई आफ्नो रोजाई बनाउन थालेका छन्। शहरीया र शिक्षित महिलामाझ महिनावारी कपले बजार जमाउन थालिसकेको छ। महिनावारी शिक्षाको क्षेत्रमा काम गर्दै आएको डेज फर गर्ल्सकी निर्देशक माया खैतु भन्नुहुन्छ ‘हामीले २ महिनाकै अवधिमा पाँचसय थान विक्री गरिसक्यौं, अहिले त सफा गर्नेमिल्ने महिनावारी वासिङ कप समेत पाईने भएकाले सजिलो भएको छ।’

istockphoto 1044118568 170x170 1

के हो महिनावारी (Menstrual Cup) कप ?
महिनावारी कप, हेर्दा कप जस्तै देखिने १०० प्रतिशत उच्चगुणस्तरीय मेडिकल ग्रेड सिलिकनले बनेको हुन्छ। यो एकपटक किनेपछि १२ बर्षसम्म प्रयोग गर्न मिल्नेगरी बनाएको हुन्छ। यो विभिन्न रङ र आकारमा किन्न पाईने मेरी स्टोप्स्की निसा राउतले जानकारी दिनुभयो । उहाँका अनुसार महिनावारी कप स्यानिटरी प्याड भन्दा धेरै गुणा फाइदाजनक भएकाले विशेष सहरीया महिलाको रोजाईमा पर्दै गएको छ ।

सहरीया महिलाको रोजाईमा पर्नुका कारण:
महिनावारीकप नियमित रूपमा प्रयोग गर्ने महिलाहरु भन्छन् ‘यो प्रयोग गर्दा धेरै सजिलो हुन्छ। प्याड लगाउँदा बाहिरनै आकार देखिन्छ तर कप यो,नीभित्र राख्ने भएकाले अरु मानिसलाई थाहा नै हुँदैन र असजिलो पनि हुँदैन।’

आर्थिक रुपमा किफायती:
नयाँ बानेश्वरकी सम्झना बानियाँ यो सुरुमा किन्दा निक्कै महँगो लागेपनि तुलनात्मक रुपमा स्यानिटरी प्याडभन्दा निक्कै सस्तो हुने बताउँछिन्। ‘एक पटकको महिनावारी चक्रमा करिब २ सय रुपैयाँसम्म प्याडमा मात्रै खर्च हुन्छ। यो हिसाबले १ बर्षमा त २ हजार भन्दा बढी खर्च हुन्छ । यो हिसाबले १० बर्षमा २० हजार बढी खर्च हुन्छ । तर २ हजारमा किनेको महिनावारी कपबाट दसौँ बर्षसम्म प्रयोग गर्दा करिब २० हजार रुपैयाँ सम्म बचाउन सक्छौं।’

वातावरणमैत्री:
हेर्नुहोस् त स्यानिटरी प्याड प्रयोग गरेर जहाँ पायो त्यही फाल्नाले वातावरण विग्रिरहेको छ । शौचालयमा फ्याँक्दा शौचालय जाम भएर अर्को टेन्सन । कहिलेकाहीं कुकुरले बोकेर बजार बजारमा कुदिरहेको हुन्छ, कस्तो अशोभनिय । यसले वातावरणलाई नराम्रो असर पारिरहेको छ । महिनावारी कप प्रयोगकर्ताहरु भन्छन् ‘महिनावारी कपको प्रयोगले वातावरणमा त्यस्तो रगतजन्य प्याडहरुको अन्त्य हुन्छ । एक पटक किनेपछि यो १० बर्षसम्म त फ्याँक्नै पर्दैन।’

स्वस्थकर:
महिनावारी कप प्याडको तुलनामा अति स्वस्थकर भएको यसका बजार प्रबद्र्धकहरु बताउँछन् । प्याड लामो समयसम्म प्रयोग गर्दा यसैका कारण विभिन्न संक्रमणहरु हुन सक्छ । कतिपय प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या स्यानिटरी प्याडकै कारण उत्पन्न हुने गरेको डाक्टहरु बताउँछन् । तर महिनावारी कप १०० प्रतिशत उच्च गुणस्तरीय मेडिकल ग्रेड सिलिकनले बन्ने भएकाले शरिरमा छुँदा एलर्जी आउने वा अरु रासयनिक कारणले समस्या आउने हुँदैन । नेपालमा मेरी स्टोप्स, पुतली नेपाल, डेज फर गर्ल्स लगायत थुप्रै संघसंस्थाले महिनावारी कपको बजारीकरण गर्दै आएको छ । वासखबर बाट साभार

 

तपाईलाई यो खबर कस्तो लाग्यो