सिद्धार्थ इन्स्योरेन्सको १५.७८९४% लाभांश साधारण सभाबाट पारित

Vibes Nepal Team / शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न १९ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश पारित गरेको छ।

काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा आयोजित सभाले १२ प्रतिशत बोनस सेयर र ३.७८९४% हुन आउने नगद लाभांश (करसहित) पारित गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो