जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) को १००% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Vibes Nepal Team / बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) को १००% हकप्रद सेयर सुरक्षित गर्ने आज (जेठ २७ गते) अन्तिम दिन रहेको छ।

 

कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि भोली शुक्रबार जेठ २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, उक्त हकप्रद सेयरमा आज बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । तसर्थ, उक्त हकप्रद सेयर आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर बिक्री बिक्री गर्न लागेको छ । कम्पनीको शतप्रतिशत हकप्रदलाई नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिइ सकेको छ ।

यस कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो