दक्षिण अफ्रिकाकी ३७ वर्षीया गोसाइमे थामरा सिथोलले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड कायम

Vibes Nepal Team / बुधबार, जेठ २६, २०७८ मा प्रकाशित

अफ्रिकाकी महिलाले एकपटकमा अहिलेसम्मकै धेरै बच्चा जन्माएर रेकर्ड बनाएकी छिन् । दक्षिण अफ्रिकाकी ३७ वर्षीया गोसाइमे थामरा सिथोलले स्थानीय प्रिटोरिया अस्पतालमा १० जना बच्चा जन्माएको उनका पती टेबोहो चोतेत्सीले बताए ।

त्यसमा सात बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

 

यस अघि पनि जुम्ल्याहा बच्चा जन्माएकी थमाराले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड समेत कायम गरेकी छिन् । ती १० जना बच्चा शल्यक्रिया गरी जन्माइएको हो ।

 

जन्मिएका १० जनामध्ये ७ जना छोरा र ३ छोरी रहेको जनाइएको छ । ती महिला ७ महिना ७ दिनकी गर्भवती रहेको अवस्थामा बच्चा जन्माएको जनाइएको छ । यसअघि डाक्टरसँगको परिक्षणका क्रममा आफूमा ६ वटा बच्चा रहेको बताएपछि उत्साहित बनेकी थमाराले १० वटा बच्चा हुनुमा आफैं अचम्ममा परेको बताएकी छिन् ।

 

विश्वमा यसअघि मोरक्कोकी एक महिनाले केही महिना अघि ९ जना बच्चा एकैपटकमा जन्म दिएकी थिइन्।

तपाईलाई यो खबर कस्तो लाग्यो