सेयर कर्नरिङ्ग कर्नरिङ र सर्कुलर ट्रेडिङ्गको खेलबारे बोर्डले अध्ययन थाल्यो , यी सात विषय विश्लेषण गरेरमात्र सेयर किन्न आग्रह !

Vibes Nepal / मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित

सेयर कर्नरिङ्ग कर्नरिङ र सर्कुलर ट्रेडिङ्गको खेलबारे बोर्डले अध्ययन थाल्यो , यी सात विषय विश्लेषण गरेरमात्र सेयर किन्न आग्रह !

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्लेषण गरेर मात्र सेयर किन्न सम्पूर्ण लगानीकर्ताहरुलाई आग्रह गरेको छ । पछिल्लो समय सेयर बजारमा नयाँ नयाँ रेकर्ड बनाउँदै गर्दा बोर्डले भने सबै लगानीकर्तालाई यस्तो आग्रह गरेको हो । बोर्डले सेयर कर्नरिङ्ग , सर्कुलर ट्रेडिङ्गलगायत गतिविध हुन थालको भन्दै कम्पनीको आधारभुत तथा प्राविधिक विषय विश्लेषण गरेर मात्र सेयर किन्न भनेको हो । अहिले झन्डै ९० प्रतिशत कारोबार अनलाइनमार्फत् लगानीकर्ताले घरबाटै गरिरहेका छन् भने प्राथमिक र दोश्चो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्यामा ह्वात्तै वृद्धि भएको छ । यता पछिल्लो समय धितोपत्रको दोश्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नेरिङ् , सर्कुलरट्रेडिङ भएका गुनासा पनि प्राप्त भएको हुँदा बोर्डले यस सम्बन्धमा अध्ययन सुरुगरेको बताएको छ।
यस सम्बन्धमा बोर्डले एक विज्ञप्ति नै जारी गरेको छ | विज्ञप्तिमा ‘ उपर्युक्त परिप्रेक्षमा धितोपत्र सम्बन्धी ऐन , २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृष्य , सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण ( प्रति सेयर आम्दानी , प्रतिसेयर नेटवर्थ , मूल्य आम्दानी अनुपात , किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण ) , परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण , संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकनगरी लगानी गर्न अनुरोध गर्दछौं । ‘ उल्लेख छ ।

श्रोत: नेपाल धितोपत्र बोर्ड

191027671 2816576861940062 3282688120519084023 n

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो