डीस होमले २४ लाख कित्ता आईपीओ निष्काशन गर्दै

Vibes Nepal Team / मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित

डीस होमले २४ लाख कित्ता आईपीओ निष्काशन गर्दै

सबै भन्दा ठुलो टिभि नेटवर्क डीस होमले आईपीओ निष्कासन गर्ने भएको छ । गत वर्ष २०७७ असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता बराबरको सर्वसाधारणका

 

लागि सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले चाडैनै आइपीओ ल्याउने भएको छ ।


Capture 2021 06 08 10.10.19

यस आइपीओलाई इक्रा नेपालले आइआर (बीबीबी+) रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

 

२०१८ मा ३ अर्ब ९५ करोड, २०१९ मा ४ अर्ब २५ करोड र गत वर्ष ५ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले पछिल्ला तीन वर्षमा औषत ३०% को दरले आम्दानी बृद्धि गरेको छ । भने आम्दानी बढ्दै जाँदा डिसहोमले ऋण समेत घटाउँदै लगेको छ । यस कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा ७ करोड ८० लाख रुपैयाँ ऋण बाट घटाएर कुल ऋण २ अर्ब २४ करोड ५० लाख रहेको छ।

 

यस कम्पनीको पुँजीगत संरचनातर्फ ४७% विदेशी हङकङको स्यान्डमाार्टिन इन्टरनेशनल होल्डिङ कम्पनी रहेको छ भने बाँकी ५३% नेपाली लगानीकर्ताको हिस्सामा रहेको छ । कम्पनीको अध्यक्षमा हेमराज ढकाल र प्रवन्ध निर्देशकमा सुदिप आचार्य हुन् ।

 

यस संस्थाले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो